कोरोनाको तेस्रो लहरसँग जुध्ने रणनीति बनाउन सरकारलाई निर्देशन « Khabarhub

कोरोनाको तेस्रो लहरसँग जुध्ने रणनीति बनाउन सरकारलाई निर्देशन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेस्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेस्रो महामारीको तयारीसहित छिटो भन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो ।

आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन ।

विभिन्न मुलुकमा बालबालिकालाई कोरोनाको खोप लगाइसकेको अवस्थामा नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था र स्थानीय तहमा समेत महिला तथा बालबालिकामैत्री क्वारेन्टाइनको तयारी गर्न पनि निर्देशन दिएको उनले बताइन ।

उनले कोरोना उपचारका लागि बालबालिका विशेषज्ञ चिकित्सकको उचित व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको क्षेत्रमा जाने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइन ।

त्यस्तै कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमि हुन नदिन र कोरोनाका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाइ निर्देशन दिइएको समिति सभापति पालले बताइन ।

बैठकमा समिति सदस्यहरूले सम्भावित तेस्रो लहरबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीर रुपमा लाग्नुपर्ने सुझाव दिए । उनीहरूले प्रयाप्त भेन्टिलेटर लगाएत स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ०९ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै