झापाका १० स्थानीय तहमा निषेधाज्ञा « Khabarhub

झापाका १० स्थानीय तहमा निषेधाज्ञा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोनाको संक्रमण बढ्दै गएपछि झापामा निषेधाज्ञा लागु गर्ने स्थानीय तहको संख्या पनि बढ्दै गएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमशः खुकुलो हुँदा जिल्लामा मानिसको चहल पहल बढेको थियो । जिल्लामा संक्रमण पनि बढ्न थालेपछि स्थानीय तहले आआफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन थालेका हुन् ।

१५ स्थानीय तह मध्ये झापाका १० स्थानीय तहमा निषेधाज्ञा लगाइ सकिएको छ । पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म आइपुगेको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लगाइएको छ ।

संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा गर्न थालेका हुन् ।

बेवारीसे खोज्दै परीक्षण
कोरोना संक्रमण उच्च भएपछि निषेधाज्ञा लगाएको दमक नगरपालिकाले वेवारिसे अवस्थामा रहेका संकास्पद व्यक्तिको खोजी गरी स्वास्थ्य परीक्षण गराउन थालेको छ । यसैक्रममा दमकको बसपार्कमा भेटिएका एक व्यक्तिको पीसीआर परीक्षण गर्दा संक्रमण पाइएको छ ।

उनको उपचार गर्न दमकको कोभिड अस्पतालमा भर्ना गरिएको नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ५० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी