व्यावसायिक कालिज पालनमा रमाउँदै युवा « Khabarhub

व्यावसायिक कालिज पालनमा रमाउँदै युवा


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । खजुरा–४ मा व्यावसायिक कालिजपालन गरेका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताए ।

“एक दिनको चल्ला रु एक हजार ४०० मा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्”, उनले भने, “खानलायक भइसकेको एउटा कालिजलाई रु तीन हजार ५०० पर्दछ ।” अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उनले जानकारी दिए ।

अहिले उनको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम बिक्री हुने गरेका छन् ।

रु ५० लाखको लगानीमा कालिजपालन सुरु गरेको जानकारी दिँदै उनले दशैँसम्म हजारभन्दा बढी कालिज बिक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताए । “दशैँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर बिक्री गर्ने योजना छ”, उनले भने, “दशैँभन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।”

बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उनले बताए । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

बाँकेजस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा भूपेन्द्र ओलीले जानकारी दिए । उनले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताए ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ व्यवसायका रूपमा युवा किसान पौडेलले व्यावसायिक कालिजपालन गरेर गाउँपालिकालाई नै चिनाउने काम गरेको सुनाए । उनले इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने र सम्भव हुने कुरा पौडेलले कालिजपालन गरेर प्रमाणित गरेको जनाउँदै गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : ०९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको