ओलीले सहमति कार्यान्वयनको साटो खिल्ली उडाएपछि हामी बाहिरिनुपर्‍यो– माधव नेपाल « Khabarhub

ओलीले सहमति कार्यान्वयनको साटो खिल्ली उडाएपछि हामी बाहिरिनुपर्‍यो– माधव नेपाल

संसदीय दलको नेता चयन भएपछि राखेको मन्तव्यको पूर्णपाठसहित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुधारका लागि सुझाव दिनेसँगै अध्यक्ष केपी शर्मा ओलीले इगो साँधेपछि आफूले नयाँ दल खोलेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन भएपछि आफ्नो धारणा राख्दै नेपालले ओली सुध्रने कुनै अवस्था नदेखिएपछि आफूले वैकल्पिक माध्यम अपनाएको बताएका छन् ।

उनले सबैसँग भएका सहमति तोड्नेकाम ओलीले गरेको भन्दै नेपालले आलोचना गरे ।

उनले आफ्नो पार्टीले कम्युनिस्ट दृष्टिकोणमा विचलन आउन नदिने बताए । लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरेर अघि बढ्ने बताउँदै नेपालले रोजगारी सिर्जना र नयाँ पुस्तालाई जिम्मेवारी हस्तानान्तरण गर्नेगरी आफू अघि बढ्ने बताए ।

 नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

नेता नेपालले राखेको मन्तव्यको पूर्णपाठ पढ्नुहोस्

नेकपा एमालेको अध्यक्ष केपी ओलीको ब्यक्तिबादि चरित्र र चिन्तनको बिरोधमा शुरूदेखि आलोचना गरिम, सुधारको लागि अनेक प्रयास गरिम तर वहाँमा कुनै सुधार आएन । उल्टै सुधारको लागि सुझाव दिनु हुने सबैसँग इगो साध्न थाल्नुभयो । नीति तथा कार्यक्रम र वजेटको विषयमा कुनै छलफल नहुने, आफनो गुट बाहेक कसैलाई पनि जिम्मेवारी दिनुभएन । पार्टी पंक्ति दुखित भयो । सबैलाई न्योचित जिम्मेवारी दिनु भएन । अन्यायको बिरोध गर्ने हामिहरूले आफनो पार्टी भित्र अन्याय सहनु पर्यो । सांसद भित्र पनि आफनो गुटका मान्छेहरूलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि यहि अवस्था थियो ।

समयक्रमसँगै दुई पार्टीका बिचमा एकता भयो । अब सुधार होला भनि अपेक्षा राखिएको थियो । तर शुरूदेखि मनपरि हुन थल्यो । पार्टीभित्र पार्टी अध्यक्ष भनेको सर्बोसरि हो जस्तै गर्न थालियो । कमिटि सिस्टम खारेज भयो । कमिटि प्रणालि लत्याउने, बेवास्ता गर्ने काम भयो । बिगतका आलोपालो सरकारको नेतृत्व गर्ने सहमति तोड्नु भयो । दक्षिणपन्थी भासमा दैनिक रूपमा डुब्न थाल्नु भयो । बामपन्थी दृष्टिकोणमा बिचलन हुनुभयो । कुटनीतिक मर्यादा बिपरित प्रधानमन्त्री को कुर्सिमा बसेर गर्ने नहुने काम गर्नु भयो । जब वहाँले आफनो पदमा चुनौती देख्नुभयो । गरेको गल्तिको विषयमा प्रश्न उठाएपछि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पठाउने, कुर्सी भाँचिदिन्छु भन्दै धम्काउदै बोल्न थाल्नु भयो । कुर्सी ठुलो कुरो थिएन तर वहाँले कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नु भयो । निर्वाचनको घोषणपत्र लागू गर्नको लागि उत्साहित हुनु भएन । उल्टै संबिधानमा नभएको ब्यवस्था प्रतिनिधि सभा बिघटन गर्नु भयो ।

संकटमा परेपछि बालुवाटारमा कमल थापा , बिष्णु पौडेयलसँग बसिरहेको बेला मलाई पनि बोलाउनु भयो र सोध्नु भयो । सरकार ढल्ने भयो – अब के गर्ने ? यो विषयमा उपाय छ । के हो भन्दाखेरि – प्रचण्डलाई प्रधानमन्त्री बनाँउ भन्दा । यसको बिश्वास्नियत के ! यसको जिम्मेवारी म हुन्छु भन्दा बालुवाटारमा बसेर सहमति भयो । सबैले आपसमा तालि बजाइम तर वहाँले कार्यनयन गर्ने भएन उल्टै खिल्ली उडाउनु भयो ।

भ्रष्टाचारले सिमा नाघ्यो । यसको ज्वालन्त उदहारण – प्रतिबेदन हेरे पुग्दछ । पार्टी शिथिल र जीवन शक्ति नभएको जस्तो भयो । जिवन्त पार्टी निर्माणका को लागि अनेक कुराहरू भयो । विषयगत छलफल भएन । बैठकमा जानू भएन । मनमौजि रूपमा एकलौटि प्रतिनिधि सभा बिघटन गर्नुभयो । यसको औचित्य पुष्टि गर्ने आधार छैन । जबकि संबिधानमा ती कुराहरूका उल्ल्ख छैन ।

दुई पटक प्रतिनिधि सभा बिघटन गर्नु भयो । कोरोननको समयमा जनताहरूलाई औषधि दिन छोडेर चुनावको घाेषण गर्नु भयो । झुठ बोलनमा माहिर पौष ५ पछि ६ गतेको दिन बैठक बसि ११९९ जानको कमिटी घोषण गर्नु भयो । फाल्गुण २३ को फैसलापछि फाल्गुण २८ गते बैठक बसेर मनपरि गर्नु भयो । अन्यायको बिरोधमा बिद्रोह गर्नु पर्दछ भन्ने जिल्ला जिल्लाबाट आवाज उठ्यो ।

बार्तलाई नाटक मात्रै बनाइयो । एकैदिनमा ३ जनालाई प्रधानमन्त्रीको आश्वास्न दिने काम गर्नु हुन्थ्यो । सबैलाई उल्लु बनाउने काम मात्रै गर्नु हुन्थ्यो । पार्टी थाम्ने विषयमम – सक्नेले हो धान्ने नस्कनेले जे सक्छ त्यहि हो गर्ने । प्रधानमन्त्री भइरहनको लागि अनेक नाटक मञ्चन गर्नु भयो । नीतिकताको कुनै ख्याल गर्नु भएन । प्रधानमन्त्री बाट हट्नुभयो तर यसको जिम्मेवारी अरू हुन भनी उल्टै आरोप लगाउनु भयो ।

चिन्तनमा समस्या आएपछि व्यवहार त्यस्तो गर्नु भयो । केपी ओलीको कारण समाज, नागरिक समाज, बोद्दिक ब्यक्ति कोहि पनि प्रताडित भयो । बार्दलिको नाँच देखि बाँदर नाँच समेत देख्नु पर्यो । वहाका शिष्य पनि त्यसै बोल्न थाले । एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो । पार्टी आज दुर्घटनामा पर्यो ।

एउटा समय आयो – केन्द्रीय कमिटि र सांसदहरूका साथ पाउने भएपछि र सिँगो कम्युनिष्ट आन्दोलन समाप्त हुने लक्ष्ण भएपछि आज हामी क्रान्तिकारी पार्टी निर्माण गर्न ठाउमा पुगेको हो । के केशरजझ रायमाझिको स्टेपलाई सहयोग गरेको भए आज हामी यो ठाउमा पुग्ने थियो । पुष्पलालले पार्टी निर्माण नगरेको भए, मनमोहनले बिद्रोह नगरेको भए, झाँङा, हर्रोबर्रो बिद्रोह नगरेको भए के आज हामी यो ठाउमा रहन्थ्यो ? नेपालमा दुई ठुला पार्टीहरू एक ठाँउमा हु्न्दा आज हामी दुई तिहाई को पोजिसनमा पुगेको हो ।

आन्दोलनमा तिखार्दै जानुस, अझ सशक्त अनि समृद्ध बन्दै जानुस । न्यायपुर्ण, समतामुलक समाज निर्माणको लागि अघि बढौ । अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठिक भएकोले तु कुनै पार्टीसँग एकता हुदैन । राष्ट्रिय सम्मेलन गरेर कमिटिलाई पुर्णानत: दिनु पर्दछ ।

हामी कम्युनिष्ट दृष्टिकोणमा बिचलन भएका छैन । लोकतन्त्रको मूल्य मान्यताहरूलाई आत्मसाथ गरेर अगाडि बढ्नेछौँ । रोजगार सिर्जना र नयाँ पुस्ताहरूलाई आकार्षित गर्ने अभिभाराको साथ अगाडि बढेका छौँ ।

वर्गीय दृष्टिकोणलाईआत्मसाथ गरेर अघि बढनेछौँ । नेपालको स्वाभिमानलाई जोगाउदै अघि बढ्नेछौँ । पार्टी निर्माणका को मोर्चामा अघि बढ्नेछौँ । धन्यवाद !

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ४५ बजे

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२