तनहुँमा कांग्रेसमा नयाँ सदस्य बढी | Khabarhub Khabarhub

तनहुँमा कांग्रेसमा नयाँ सदस्य बढी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा नेपाली कांग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् ।

यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् ।

योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नयाँ सदस्य थपिएका छन् । व्यासमा सबैभन्दा बढी दुई हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् ।

भानुमा एक हजार १४८, शुक्लागण्डकीमा एक हजार ४०, र भिमाद नगरपालिकामा ५५५, तथा देवघाटमा २५७, बन्दीपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् ।

व्यासमा दुई हजार २२४, भानुमा एक हजार १६५, शुक्लागण्डकीमा ९४९, भिमादमा ४८६, तथा देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दीपुरमा ३८९, म्याग्दे मा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले नवीकरण गराएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्रा डा कृष्णप्रसाद गौतमलगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकाङ्क्षी देखिएका छन् ।

वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनःसभापतिमा दोहोरिने चर्चा कार्यकर्तामाझ चलेको छ ।

वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारीमा छन् । कार्यवाहक सभापति जीतप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए ।

जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यासको नगर सभापतिमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा शेषरमण न्यौपाने प्रतिस्पर्धी देखिएका छन् ।

सहसचिवसमेत रहेका अधिकारीले सभापतिमा उठ्ने तयारीसहित मतदाता भेटघाट शुरु गरिसकेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ०९ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको