माधव नेपाल र महन्थको दल रोज्ने जनप्रतिनिधिले निर्वाचन कार्यालयमा सनाखत गर्नुपर्ने « Khabarhub

माधव नेपाल र महन्थको दल रोज्ने जनप्रतिनिधिले निर्वाचन कार्यालयमा सनाखत गर्नुपर्ने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा समावेश हुन चाहने एमाले र जसपाका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयहरुमा पुगेर सनाखत गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले नयाँ दल बनेपछिको जनप्रतिनिधिहरुबारे निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले खबरहबसँग भने, ‘दुईवटा नयाँ दल बनेपछि ती दलमा समावेश हुन चाहने प्रदेश सभाका सांसदले सम्बन्धित प्रदेश सभा सचिवलय र स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित निर्वाचन कार्यालयमा सनाखत गर्नुपर्ने निर्णय गरेको छ ।’ उनका अनुसार यसरी सनाखत गर्नका लागि यही भदौ २२ गतेसम्मको समय दिइएको छ ।

यही भदौ ९ गते माधवकुमार नेतृत्वको एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले दल दर्ताको प्रमाण पत्र पाएका थिए । दल विभाजनपछि तत्कालिन सिंगो दलबाट निर्वाचित हुने जनप्रतिनिधिले २१ दिनसम्म नयाँ दल रोज्न पाउने कानूनी व्यवस्था गरिएको छ । अध्यादेश माफर्त राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेर सरकारले दल विभाजनका लागिसमेत सहज व्यवस्था बनाइदिएको थियो ।

संघीय संसदमा भने दल विभाजनका समयमा सनाखत गर्ने सांसदहरु नै सम्बन्धित दलका कायम भएका छन् । एमाले विभाजनपछि २२ जना प्रतिनिधिसभा र ७ जना राष्ट्रियसभाका सांसदहरु एकीकृत समाजवादीमा समावेश भएका छन् । उता जसपाका १४ जना सांसद लोसपामा समावेश भएका छन् ।

एकीकृत समाजवादीमा समावेश हुन चाहेर पनि सनाखत गर्न नपाएका एमालेका ४ जना सांसदहरुबारे भने आइतबार आयोगले कुनै निर्णय गरेन । प्रतिनिधिसभाका सांसदहरु सोम पाण्डे, तुलसा थापा, माया ज्ञवालीले एकीकृत समाजवादीमै रहने निवेदन निर्वाचन आयोगमा दिए पनि उनीहरुको सनाखत भएन ।

यस्तै राष्ट्रिय सभा सांसद शारदा भट्टले पनि सनाखत गर्न पाएकी छैनन् । एमाले त्यागेर एकीकृत समाजवादीमा गए भने उनीहरुको सांसद पद के हुन्छ भन्ने विषयमा भने अन्योल देखिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ०७ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ