तीन किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ « Khabarhub

तीन किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागू औषध कोकिनसहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना पक्राउ परेका छन् ।

ब्यूरोले आइतबार पक्राउ परेका तीनजना विदेशी नागरिकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ब्यूरोले तान्जानियाका गेर्तुदे लियोनार्ड किमारो सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ । काठमाडौंबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह छन् ।

पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : २७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो