तालिबानद्वारा पंजशीरमा इन्टरनेट बन्द « Khabarhub

तालिबानद्वारा पंजशीरमा इन्टरनेट बन्द


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन ।

काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर पुगेका तत्कालीन उपराष्ट्रपति अमरुल्ला सालेहले लगातार ट्वीट गर्दै तालिबान विरोधीलाई निर्देशन दिन थालेपछि तालिबानले इन्टरनेट बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमरुल्ला सालेहले ट्वीट गर्दै तालिबानको प्रतिरोध गरिने बताउँदै आएका छन् । उनले आफूलाई कार्यबाहक राष्ट्रपतिसमेत घोषणा गरेका छन्।

तालिबानले काबुलमा १५ अगस्टमा कब्जा गरेका थिए । तर, अहिलेसम्म पंजशीर प्रान्तलाई नियन्त्रणमा लिन सकेका छैनन् । यसअघि १९९४ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सरकार रहँदा पनि पंजशीर तालिबानको कब्जा हुन सकेको थिएन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ३४ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव