तालिबानद्वारा पंजशीरमा इन्टरनेट बन्द « Khabarhub

तालिबानद्वारा पंजशीरमा इन्टरनेट बन्द


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन ।

काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर पुगेका तत्कालीन उपराष्ट्रपति अमरुल्ला सालेहले लगातार ट्वीट गर्दै तालिबान विरोधीलाई निर्देशन दिन थालेपछि तालिबानले इन्टरनेट बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमरुल्ला सालेहले ट्वीट गर्दै तालिबानको प्रतिरोध गरिने बताउँदै आएका छन् । उनले आफूलाई कार्यबाहक राष्ट्रपतिसमेत घोषणा गरेका छन्।

तालिबानले काबुलमा १५ अगस्टमा कब्जा गरेका थिए । तर, अहिलेसम्म पंजशीर प्रान्तलाई नियन्त्रणमा लिन सकेका छैनन् । यसअघि १९९४ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सरकार रहँदा पनि पंजशीर तालिबानको कब्जा हुन सकेको थिएन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ३४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको