पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी « Khabarhub

पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको बार्सिलोना छाडेर फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी आइतबार पीएसजीको जर्सीमा मैदानमा देखिने भएका छन् ।

​पीएसजीका प्रशिक्षक मारिसियो पोचेटिनोले आइतबारको खेलबाट मेस्सीले पीएसजीका लागि डेब्यू गर्ने बताएका छन् । आइतबार राति १२ बजे रिम्ससँग हुने खेलबाट मेस्सीले फ्रेन्च लिगमा डेब्यू गर्न लागेको स्पेनिस सञ्चार माध्यमहरुले पनि जनाएका छन् ।

मेस्सीले डेब्यू गर्दा पहिलो रोजाइको ११ मा पर्छन् कि सब्स्च्युटका रुपमा मैदानमा छिर्छन् त्यो भने यकिन नभएको जनाइएको छ ।

जुलाई दोस्रो साता सम्पन्न कोपा अमेरिकाको फाइनल खेलेपछि मेस्सी मैदानमा उत्रिएका छैनन्। पीएसजीले यो सिजनमा अहिलेसम्म घरेलु लिगमा खेलेका सबै ३ खेल जितेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ३४ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी