गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने | Khabarhub Khabarhub

गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय आगामी १५ गते (मंगलबार)देखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ ।

नगर शिक्षा समितिको आइतबार बसेको वैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालय शिक्षक, अभिभावक, राजनितिक दलका पदाधिकारी, वडाअध्यक्ष लगायत सम्बन्धित व्यक्तिहरुसँग आवश्यक छलफल गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यालय स्वयंले स्वास्थ्य र सुरक्षाको भरपर्दाे र विश्वसनिय वातावरण अनिवार्य रुपमा तय गर्नुपर्ने नगरपालिकाले जनाएको छ । सो अनुरुप वातावरण तय नभएको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनीसमेत नगरपालिकाले विद्यालयलाई दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ३० बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ