एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ने सभामुख सापकोटाको निर्णय | Khabarhub Khabarhub

एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ने सभामुख सापकोटाको निर्णय


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कारबाही गर्दै सांसद पदबाट मुक्त गर्न संसद सचिवालयलाई जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् । आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले जनायो ।

एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि भदौ १ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना नटासेपछि उनीहरु पदमुक्त भएका थिएनन् ।

माधवकुमार नेपाललागयत कारबाहीमा परेका सबै तथा थप अन्य सांसदहरुले भदौ २ मा निर्वाचन आयोगमा अर्को दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दल दर्तापछि आयोगले संसद सचिवालयलाई नयाँ दल गठन भएको विषयमासमेत जानकारी दिइसकेको छ ।

संसद सचिवलायले स्रोतले भन्यो, ‘कारबाहीमा परेका सांसदहरु अब अर्को दलका सांसदहरु भइसकेकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने सभामुखले निर्णय गर्नु भएको छ ।’

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुअघि नै १४ जनालाई सांसद पदबाट मुक्त गर्न भन्दै एमाले सांसदहरुले सभामुख सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए । यही विषयलाई लिएर एमाले र सभामुख सापकोटाबीचको सम्बन्ध बिग्रेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : ३३ बजे

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड

काठमाडौं– सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल

मेची भन्सारबाट भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर– मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति