एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ने सभामुख सापकोटाको निर्णय « Khabarhub

एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ने सभामुख सापकोटाको निर्णय


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कारबाही गर्दै सांसद पदबाट मुक्त गर्न संसद सचिवालयलाई जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् । आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले जनायो ।

एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि भदौ १ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना नटासेपछि उनीहरु पदमुक्त भएका थिएनन् ।

माधवकुमार नेपाललागयत कारबाहीमा परेका सबै तथा थप अन्य सांसदहरुले भदौ २ मा निर्वाचन आयोगमा अर्को दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दल दर्तापछि आयोगले संसद सचिवालयलाई नयाँ दल गठन भएको विषयमासमेत जानकारी दिइसकेको छ ।

संसद सचिवलायले स्रोतले भन्यो, ‘कारबाहीमा परेका सांसदहरु अब अर्को दलका सांसदहरु भइसकेकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने सभामुखले निर्णय गर्नु भएको छ ।’

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुअघि नै १४ जनालाई सांसद पदबाट मुक्त गर्न भन्दै एमाले सांसदहरुले सभामुख सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए । यही विषयलाई लिएर एमाले र सभामुख सापकोटाबीचको सम्बन्ध बिग्रेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : ३३ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ