पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो « Khabarhub

पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।

निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि अवरुद्ध सडक  अपराह्नदेखि सुचारु भएको हो ।

सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै रहेको उनले बताए ।

यसैबीच निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।

लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुङ्गा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ । शनिबार दिनभरजसो ठूलाठूला ढुङ्गा खसेपछि सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएको थियो ।

वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले पनि उक्त खण्ड अवरुद्ध जस्तै बनेको छ । साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक भने ठप्प रहेको अधिकारीले जानकारी दिए ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भइरहेको छ । “स्काभेटर लगाएर पन्छाउने वित्तिकै फेरि माथिबाट खसिहाल्छ, झनै जोखिम निम्तिने खतरा बढेको छ”, उनले भने,“यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको छ ।”

निर्माणाधीन यो सडकमा गत वर्ष ठूला पहिरा गएका थिए । अहिले पनि तीनै ठाउँबाट पहिरा निरन्तर खस्ने क्रम रोकिएको छैन् । यो सडककोस्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले भने १ देखि डेढघण्टासम्म लाग्ने गरेको सवारीचालकको गुनासो छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : २९ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो