पंजशीरका तालिबान विरोधी समूह तालिबानसँग वार्ता गर्न तयार « Khabarhub

पंजशीरका तालिबान विरोधी समूह तालिबानसँग वार्ता गर्न तयार


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पंजशीर प्रान्तका लडाकु समूहले तालिबानसँग वार्ता गर्न तयार रहेको जनाएका छन् । बेलायती समाचार एजेन्सी रोयर्टसँग कुरा गर्दै पंजशीरका एक लडाकु नेताले तालिबानसँग वार्ताका लागि पंजशीरका विभिन्न समूहबीच छलफल भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार रोयर्टसँग कुरा गर्दै बाल्ख प्रान्तका गभर्नर रहेका एक शक्तिशाली नेताका छोरा खालिद नूरले तालिबानसँग वार्ता गर्न पंजशीरका लडाकु समूहबीच छलफल चलिरहेको बताएका छन् । उनले तालिबानसँग आत्मशमपर्ण भने नगर्ने जनाएका छन् ।

तालिबानसँग वार्ता गर्न तयार रहेको बताउने खालिदले अन्य जिहादी समूहको प्रतिनिधित्व गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न भने रहेको बीबीसीले उल्लेख गरेको छ । पंजशीरमा रहेका जिहादी समूहहरुबीच आपसी मतभेदसमेत रहेको बताइन्छ ।

पूरा अफगानिस्तानमा कब्जा गरे पनि तालिबानले पंजशीरलाई नियन्त्रणमा लिन सकेको छैन । तर, तालिबानले पंजशीर उपत्यकालाई घेराउ भने गरेको छ ।

तालिबान प्रवक्ताले पनि पंजशीरका लडाकुहरुसँग वार्ता भइरहेको बताएका छन् । उनले वार्ता सफल हुने सम्भावना ६० प्रतिशत रहेको बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ०५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको