फोहोरले भरियो सिसडोल, गाडी फसेपछि झनै बिजोग ! (फोटोफिचर) « Khabarhub

फोहोरले भरियो सिसडोल, गाडी फसेपछि झनै बिजोग ! (फोटोफिचर)



काठमाडौँ- लगातारको वर्षाका काठमाडौंको फोहोर नियमित उठ्न सकेको छैन । अहिले शहरका सडक पुल र चोकमा फोहोरको डंगुर थुप्रिएका देखिन्छन् ।

काठमाडौं महानगरपालिकाले विगत १६ वर्षदेखि उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

ल्याण्डफिल साइटको करिब २ किलोमिटर सडक पार गर्न नसक्दा काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु १५ दिनदेखि ल्याण्डफिल सडकमै अलपत्र अवस्थामा छन् ।

सडकमाथि फोहोर र फोहोरमाथि फोहोर बोेकेका गाडी फोहोरको थुप्रो र हिलोमा फसेर बसेका छन् ।

सामान्य अवस्थामा दैनिक डेढ देखि दुइ सय गाडीले काठमाडौंको फोहोर ल्याण्डफिल साइट पुग्थे भने अहिले मुस्किलले दिनमा ५० वटा सम्म पुग्ने गरेका छन् ।

अहिले सिसडोल फोहोरको पहाड बनेको छ । अझैं पनि उपत्यकाको फोहोर ल्याण्डफिलमै विर्सजन भइरहेको छ ।

उता दीर्घकालीन ल्याण्डफिल साइट बञ्चरे डाँडाको निर्माण अझैं सम्पन्न भएको छैन । सिसडोलबाट २ किलोमिटर पर रहेको बञ्चरे डाँडामा २५ वर्षका लागि फोहोर बिर्सजन गर्न मिल्ने महानगरका अधिकारीहरु बताउँछन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : २३ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ