विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति? « Khabarhub

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, मृत्यु कति?


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ हजार ५५९ र भारत र रसियामा करिव उस्तै क्रमश २१ हजार ९०१ तथा २१ हजार ५५९ जना संक्रमितको पहिचान भएको हो । त्यसैगरी ब्राजिलमा १५ हजार ३९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ७ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै १ हजार ७७९, रुसमा ८५२, ब्राजिलमा ८१८ र भारतमा ३७५ जना रहेका छन् । यसैगरी टर्कीमा २३९ र बेलायतमा १६७ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिनेभन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । ४ लाख ८६ हजार १७० जना संक्रमणमुक्त भएको जनाइएको छ । जसमा अमेरिकामा ८४ हजार १५१, भारतमा २९ हजार ९००, ब्राजिलमा २२ हजार ५२ र बेलायतमा ३६ हजार २३९ जना निको भएका छन् ।यस्तै रुसमा १७ हजार र टर्कीमा ३० हजार वढी कोरानामुक्त भएका छन्।

कुल संक्रमित २३ करोड ३५ लाख ३ हजार ४९० जनामध्ये हालसम्म २१ करोड, २ लाख ८९ हजार २६८ जना कोरोनामुक्त भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४७ लाख ७७ हजार ६७६ रहेको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ०१ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा