काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा सुरु « Khabarhub

काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा सुरु


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ-पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ-मेघौली बस सेवा सुरु गरेको हो ।

प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ-मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ’, उनले भने।

यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ-भैरहवा-सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ- भैरहवा-नौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।

काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ : ०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ : ३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ३२ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान