जितिया पर्वको मुख्य दिन आज, प्रदेश २ मा सार्वजानिक बिदा « Khabarhub

जितिया पर्वको मुख्य दिन आज, प्रदेश २ मा सार्वजानिक बिदा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा आज सार्वजानिक बिदा दिएको छ ।

थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन भएकाले प्रदेश सरकारले बिदा दिएको हो ।

यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान तोडेका छन्। असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ।

पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ ।

दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन्। आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ५४ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता