प्रिती र पवनको ‘आलु जस्तो केटी’ « Khabarhub

प्रिती र पवनको ‘आलु जस्तो केटी’


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गरेका थिए ।

गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाझ ल्याएको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ, तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ’, प्रितीले भनिन् ।

गायक पवनले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताए । गीतमा शब्द प्रितीको र संगीत पवनको छ । एरेञ्ज भने विपिन आचार्यले गरेका छन् ।

गीतमा पवन र प्रितीसँगै रञ्जन पाण्डे र अलिसा शर्मा फिचर्ड छन् । भिडियोमा द नेक्स्ट ग्रुपको प्रदीप लामाको कोरियोग्राफी र निर्देशन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ०८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल