बालुवाटारमा देउवा-दाहाल भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल « Khabarhub

बालुवाटारमा देउवा-दाहाल भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । पार्टी स्थायी कमिटी बैठकअघि देउबालाई भेटेका दाहालले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जनाइएको छ ।

माओवादीको आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नै लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : २६ बजे

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र