२१ दिनदेखि सम्पर्कविहीन युवकको अवस्था अझै अज्ञात « Khabarhub

२१ दिनदेखि सम्पर्कविहीन युवकको अवस्था अझै अज्ञात


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् ।

वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिइन् ।

दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताइन् ।

‘सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन’, विमयाले भनिन्, ‘छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर गर्‍यौँ तर केही मेसो आएको छैन ।’

भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाएको दिदी लच्छिमाले बताइन् । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउँछिन्  ।

स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ । अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ ।

खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : ४५ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान