मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवाले डाके गठबन्धनको बैठक « Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवाले डाके गठबन्धनको बैठक


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक डाकेका छन् ।

जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत भोलि नै नत्र शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए ।

देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए । जवाफमा दाहालले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्री हुनेको नाम दिने बताएको देउवानिकट स्रोतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : ३१ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ