कंगनाको आक्रोश–‘थलाइवी’को तारिफ नगर्ने ‘बलिउड माफिया’ « Khabarhub

कंगनाको आक्रोश–‘थलाइवी’को तारिफ नगर्ने ‘बलिउड माफिया’


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘थलाइवी’ गत सेप्टेम्बर १० मा रिलिज भयो । यो एक बायोग्राफिकल फिल्म हो, जसमा कंगनाले पूर्व अभिनेत्री तथा तामिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको भूमिका निर्वाह गरेकी छन् ।

फिल्म रिलिज भएपछि एकातर्फ कंगनाको अभिनयको सराहना भइरहेको छ भने अर्कोतर्फ बलिउडका केही सेलिब्रेटीले फिल्मबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो कुरामा कंगना रिस पोखेकी छन् ।

हालैमात्र उनले आफ्नो फिल्मको तारिफ नगर्ने सेलिब्रेटीलाई ‘बलिउड माफिया’ भनेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गरिन् । जुन पोस्टमा उनले आफ्नो रिस पोखेकी छन् ।

‘धेरै कम यस्तो हुन्छ जब कुनै फिल्मलाई यति जोश र सर्वसम्मत मनपराइन्छ र थलाइवी यस्तै एक फिल्म हो । मलाई खुशी लागेको छ कि थलाइवी डा. जे जयललिताका बारेमा सर्वसाधारणले जान्ने मौका पाएका छन् । यो फिल्म बनाउनका लागि मेरो टिमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । जो मेरो फिल्मोग्राफीमा एक हीराको रुपमा चम्किरहेको छ’, उनले लेखेकी छन् ।

उनले अर्को एक स्टाटस पनि लेखेकी छन् । ‘दोस्रोतर्फ म बलिउडको माफियाहरुको प्रतिक्षा गरिरहेकी छु कि उनीहरु हाम्रो राजनीतिक र वैचारिक मतभेदलाई किनारामा राखुन् । जस्तो म एउटा राम्रो कलाको सराहना गर्नुलाई समस्या सम्झन्नँ । उनीहरु पनि आफ्नो तुच्छ मानवीय भावनाभन्दा माथि उठेर एकपटक एक कलालाई जित्न दिऊन । थलाइवी’, उनले लेखेकी छन् ।

एएल विजय निर्देशित फिल्ममा कंगनाका अलावा नास्सार, भाग्यश्री, राज अर्जुन र जिशू सेनगुप्तालगायतको अभिनय छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ४९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय