मोटरसाइकल पुलबाट नदीमा खस्दा तीन जनाको मृत्यु « Khabarhub

मोटरसाइकल पुलबाट नदीमा खस्दा तीन जनाको मृत्यु


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाइकलमा दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक न्यौपानेका अनुसार सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकहरुको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ३० बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान