पर्यटकीय क्षेत्रको अध्ययन गर्न कार्यदल बनाइने « Khabarhub

पर्यटकीय क्षेत्रको अध्ययन गर्न कार्यदल बनाइने


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय क्षेत्रलाई सहज र व्यवस्थित रुपमा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका छन् ।

बुधबार सिंहदरबारमा पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुरा व्यवसायीसँग भएको छलफलका क्रममा पर्यटकीय क्षेत्रलाई सहज रुपमा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका हुन् ।

उनले आफू पर्यटकिय क्षेत्रलाई २४ सै घण्टा संचालन गर्नदिने पक्षमा रहेको तर्क गरे । रात्रिकालिन व्यवसायलाई सम्मानित व्यवसायमा रुपान्तरण गर्दै सहज रुपमा सञ्चालन हुनुपर्ने उनको भनाइ छ । वर्तमान सरकार पर्यटन व्यवसायीमैत्री रहेको र यस क्षेत्रलाई जोगाउनुपर्ने उनले बताए ।

कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीपछि पर्यटकीय क्षेत्र ठमेलमा निकै समस्या देखिएको र यसलाई समाधान गर्दै सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ३० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२