खुला विश्वविद्यालय स्थापनाका लागि रणनीतिक योजना कार्यशाला शुरू « Khabarhub

खुला विश्वविद्यालय स्थापनाका लागि रणनीतिक योजना कार्यशाला शुरू


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला शुरू भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरेका छन्।

विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउँदै उनले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी विश्वविद्यालय स्थापनाका लागि शुभकामना दिए ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले नेपालको पठनशैली पुरानो भएकाले अब नयाँ प्राविधिक विषयवस्तुसहितको शिक्षा आवश्यक रहेकाे औंल्याए । माथेमाले एसियाकै नमूना बन्ने गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए।

नेपाल विश्वविद्यालय विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले गैँडाकोटमा विश्वविद्यालय सम्भव रहेको र गैँडाकोटले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरिसकेपछि त्यसलाई साकार पार्न जोडिन आएको सुनाए ।

सरकारले नेपाल विश्वविद्यालय विकास समिति गठन गरी आवश्यक जनशक्ति नियुक्त गरी गठनादेशमा सूची तयार गरी जिम्मेवारी दिएको छ। यो अवस्थासम्म आइपुग्न धेरै चुनौती पार गरिसकेको जनाउँदै कार्कीले लक्ष्य प्राप्ति नहुने बेलासम्म सबै एकजुट हुनुपर्ने बताए ।

नागरिक समाजका अगुवा एवं पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेले विश्वविद्यालयका विषयमा चार वर्षअघि कुरा उठेको उल्लेख गर्दै यसमा आफू पनि सहभागी हुने जानकारी गराए ।

कार्यक्रमका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चार वर्षअघि परिकल्पना गरिएको विश्वविद्यालय बनाउन पूर्वप्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको सहयोग गर्ने आश्वाशनले खुसी तुल्याएको बताए ।

विसं २०७४ चैत २८ गते नगरपालिकाको दोस्रो नगरसभाले नेपाल विश्वविद्यालय स्थापनाको प्रस्तावलाई अनुमोदन गरेको थियो । नेपाल विश्वविद्यालय स्थापना नगर समितिले तयार पारेको अवधारणा पत्र २०७५ वैशाख २३ गते नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

अबको चार-पाँच महिनामा विश्वविद्यालयको शिलान्यास गर्ने गरी तयारी एवं छलफल अघि बढेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय