फुटसल प्रतियोगिताको उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, ‘खेलले अनुशासित पनि बनाउँछ ‘ « Khabarhub

फुटसल प्रतियोगिताको उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, ‘खेलले अनुशासित पनि बनाउँछ ‘


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज शुक्रबार उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताइन्।

राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको जनाउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढङ्गबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिइन् । खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालयमातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारीसाधनको र्‍यालीको आयोजना गरेको थियो।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ४२ बजे

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वाशिङ्टन डीसी-– अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा