फोक्सो, पेट र आन्द्रालाई स्वस्थ राख्ने प्राणयाम « Khabarhub

फोक्सो, पेट र आन्द्रालाई स्वस्थ राख्ने प्राणयाम


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । प्राणायामले शरीरमा अक्सिजनको अभाव पूर्ति गर्नुका साथै मनलाई स्थिर र शान्त राख्छ ।

प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष प्रकारबाट भित्र लैजान्छ र फेरि बाहिर छोड्दछ । प्राणायाममा फोक्सोको हरेक भागमा हावा पुर्याउने र पेट र आन्द्रासम्म प्राण पुर्याउने क्रिया पनि हुन्छ ।

यसरी गर्नुहोस् फोक्सोको हरेक भागमा हावा पुर्‍याउने प्राणायाम
नाकबाट विस्तार–विस्तारै श्वास तानेर इच्छा शक्तिसहित त्यसलाई फोक्सोको तल्लो भागमा भर्नुहोस् । यसो गर्दा पेटको माथिल्लो भाग केही फुल्छ । त्यसपछि त्यही श्वासलाई फोक्सोको मध्य भागमा भर्नुहोस् । यसले छातीको बीचको भाग केही फैलिन्छ ।

श्वासको तेस्रो भागले फोक्सोको माथिल्लो भाग भर्ने जसले छातीको माथिल्लो भाग फैलिन्छ । अब केही बेर वायुलाई भित्रै रोकेर राख्नुहोस् र फोक्सोका सम्पूर्ण कोषहरुमा श्वास पूर्ण रुपले भरपूर मात्रामा भरिएको महशुस गर्नुहोस् । पुनः विस्तार–विस्तारै वायुलाई बाहिर निकाल्नु होस् ।

यसरी गर्नुहोस् पेट तथा आन्द्रासम्म प्राण पुर्‍याउने प्राणायाम
श्वासलाई तानेर सीधा पेटसम्म लैजानुहोस् । अब पेट राम्रोसँग फुल्दछ । त्यसपछि कुम्भक नगरी श्वासलाई बाहिर निकाल्नुहोस् । पेट जतिसम्म भित्र जान सक्छ भित्र तान्दै जानुहोस् ।

बाहिर भित्र कुनै कुम्भक नगरी लगातार यो क्रियालाई केही बेर गरिरहनुहोस् । अभ्यासको समय नाकको अघिल्लो भागमा दृश्टि राख्नुहोला । थाकेपछि अन्त्यमा एकपटक कुम्भक गरेर अभ्यासलाई समाप्त गर्नुहोस् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ४१ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको