राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति « Khabarhub

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन कडरिया फेरि अखिल अध्यक्षको रूपमा फर्कन खोजेपछि अखिल बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र इन्चार्जले लिखित आपत्ति जनाएका छन् ।

काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर र दोलखाका अध्यक्ष तथा इन्चार्जहरूले आपत्ति जनाएका हुन्।

भदौ २४ गते राजीनामा दिएका कडरियाले पछि स्थिति शान्त भएपछि आफूलाई ज्यान मार्ने धम्की आएर राजीनामा दिएको बताएका थिए ।

भानुभक्त ढकाल र शङ्कर पोखरेलले जबर्जस्ती अध्यक्ष बनाएका कडरियालाई दुवै नेताले आग्रह गरेर राजीनामा फिर्ता गर्न लगाएको एक अखिल नेताले बताएका छन्।

तर, कडरियालाई फर्कन नदिन र पूर्व अध्यक्षको सूचीमा उनको नाम नराख्न माग बढ्दै गएको छ। अखिल मुख्यालयमा उनको तस्बिर केही समयअघि फुटाइएको थियो भने नेमप्लेट समेत जलाइएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : ५७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व