राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति « Khabarhub

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन कडरिया फेरि अखिल अध्यक्षको रूपमा फर्कन खोजेपछि अखिल बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र इन्चार्जले लिखित आपत्ति जनाएका छन् ।

काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर र दोलखाका अध्यक्ष तथा इन्चार्जहरूले आपत्ति जनाएका हुन्।

भदौ २४ गते राजीनामा दिएका कडरियाले पछि स्थिति शान्त भएपछि आफूलाई ज्यान मार्ने धम्की आएर राजीनामा दिएको बताएका थिए ।

भानुभक्त ढकाल र शङ्कर पोखरेलले जबर्जस्ती अध्यक्ष बनाएका कडरियालाई दुवै नेताले आग्रह गरेर राजीनामा फिर्ता गर्न लगाएको एक अखिल नेताले बताएका छन्।

तर, कडरियालाई फर्कन नदिन र पूर्व अध्यक्षको सूचीमा उनको नाम नराख्न माग बढ्दै गएको छ। अखिल मुख्यालयमा उनको तस्बिर केही समयअघि फुटाइएको थियो भने नेमप्लेट समेत जलाइएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : ५७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा