चार शर्तमा रिहा हुँदैछन् आर्यन खान « Khabarhub

चार शर्तमा रिहा हुँदैछन् आर्यन खान


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध मामलामा बम्बई हाई कोर्टले जमानत दिइसकेको छ । उनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजबाट एनसीबीले गत अक्टोबर २ मा पक्राउ गरेको थियो । यो मुद्धामा एक पछि अर्को कैयौं विवाद जोडिए ।

एनसीबीले आर्यनसहित करिब २० जनालाई पक्राउ गरेको थियो । आर्यनले जमानत पाए पनि उनी जेलबाट बाहिर निस्कने बाटो त्यति सजिलो भने छैन । उनी बाहिर निस्कनका लागि केही नियम पालना गर्नुपर्छ ।

बम्बई हाईकोर्टले आर्यनलाई चारवटा शर्तमा जमानत दिएर जेलबाट बाहिर निकाल्दैछ । शर्तअनुसार आर्यनले कोही पनि अर्को आरोपीसँग सम्पर्क गर्न पाउने छैनन् । उनले विशेष अदालतलको कामकारवाही प्रभावित गर्ने प्रयास पनि गर्न पाउने छैनन् ।

यस्तै आर्यनले आफ्नो पासपोर्ट स्पेशल कोर्टमा पेश गर्नुपर्नेछ । यसबाहेक उनले मिडियामा कुनै कुरा बोल्न पाउने छैनन् ।

आर्यनको रिहाईका लागि सबैभन्दा पहिलो बम्बई हाईकोर्टबाट प्राप्त जमानत आदेशको कपि स्पेशल एनडीपीएस कोर्टमा दाखिला गर्नुपर्नेछ । डिटेल्ड अर्डर कपीलाई स्वीकार गर्नुपर्ने या नपर्ने स्पेशल एनडीपीएस कोर्टका न्यायधिशमा निर्भर हुनेछ ।

जमानतका लागि अदालतले रिलिज अर्डर दिनुपर्छ । यो रिलिज अर्डरलाई आर्थर रोड जेल बाहिर राखिएको जमानत पेटीमा राखिनेछ । यो जमानत पेटी दिनमा दुईपटक बिहान ६ बजे र बेलुका ६ बजे खुल्छ । बेलुका यदि आर्यन रिलिज अर्डर पुग्यो भने डकुमेन्ट भेरीफाई गरेको दुई घण्टापछि उनी रिहा हुनेछन् ।

आर्यनलाई अदालतले यदि उनी मुम्बई बाहिर जानुपर्यो भने यसको जानकारी मुद्धासँग जोडिएका अधिकारीहरुलाई जानकारी दिनुपर्ने मापदण्ड तोकेको छ । उनले अदालतको शर्तलाई नमानेको अवस्थामा उनको जमानत रद्द हुनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर