आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने « Khabarhub

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५, ९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५,९ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।

बिहीबार शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ८९ औँ बैठकले आगामी वर्षबाट नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको हो ।

हाल देशभरका विभिन्न २८ वटा विद्यालयमा नयाँ पाठ्क्रम परीक्षण भइरहेको र उक्त पाठ्क्रमलाई आगामी वर्षबाट देशभरका सबै विद्यालयमा एक साथ लागु गर्ने पाठ्क्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

त्यस्तै आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ मा पनि नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने उनले बताए ।

त्यस्तै मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

मदरसाका विद्यार्थीले विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न नचाहेकोले कक्षा ६ देखि १० सम्ममा दिनियात पढ्न दिने निर्णय बैठकले गरेको उनले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ५२ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र