प्रचण्डले भने: चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताको « Khabarhub

प्रचण्डले भने: चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताको


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गरेका छन् ।

आज बिहान भरतपुरमा आयोजित चार्डपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले चितवनमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने बताए ।

उनले भने, ‘चितवनमा फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

उनले अबको क्षण ऐतिहासिक हुने दाबी गर्दै सम्पूर्ण फैसला जनताले नै गर्ने बताए ।

उनले भने, ‘जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुँदैछ । कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईँहरूले गर्ने हो । ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ।’

अध्यक्ष प्रचण्डले आफुले आगामी निर्वाचन चितवनबाटै लड्ने भनाइ दोहोर्‍याए । एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफुलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट फरक नपर्ने बताए ।

राम, सीताको विषय उठाउँदा त्यसबाट पार नलागेपछि केपी शर्मा ओलीले एकपटक आफूमाथि प्रहार गर्न महाधिवेशन चितवन सारेको उनको आरोप छ ।

प्रचण्डले भने, ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौँमा भनियो । मैले अस्ति पनि भनेँ, म कही जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन ।’

उनले आगामी निर्वाचनमा माओवादी ठूलो शक्ति बनेर उदाउने दाबी पनि गरे। केही मान्छेले माओवादीलाई परास्त नगरेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेकोले कार्यकर्ता सजक र सचेत हुने बेला आएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ०१ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र