ट्राफिकले सवारी धनीलाई हस्तानान्तरण गर्‍यो हराएका २३ मोटरसाइकल « Khabarhub

ट्राफिकले सवारी धनीलाई हस्तानान्तरण गर्‍यो हराएका २३ मोटरसाइकल


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

आज हस्तान्तरण गरिएका २३ मध्ये १५ मोटरसाईकल र ८ स्कुटर रहेका छन ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ ।

सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निबेदनका आधारमा टोलीले मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउदै मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको बताए । उनले सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने बताए ।

यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २७ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस