ट्राफिकले सवारी धनीलाई हस्तानान्तरण गर्‍यो हराएका २३ मोटरसाइकल « Khabarhub

ट्राफिकले सवारी धनीलाई हस्तानान्तरण गर्‍यो हराएका २३ मोटरसाइकल


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

आज हस्तान्तरण गरिएका २३ मध्ये १५ मोटरसाईकल र ८ स्कुटर रहेका छन ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ ।

सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निबेदनका आधारमा टोलीले मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाईकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउदै मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको बताए । उनले सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने बताए ।

यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २७ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत