इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्चमा रिट « Khabarhub

इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्चमा रिट


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दर्ताका लागि पेस भएको छ ।

न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको, बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत प्रभावित भएकाले मुद्दा हेर्ने गरी परमादेश जारी गर्न माग गरिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले शुक्रवार पेस गरेको रिटमा प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको छ ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास दिन पर्ने भन्दै गत सोमबारदेखि सुनुवाइ गरेका छैनन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : २३ बजे

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत