इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्चमा रिट « Khabarhub

इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग्दै सर्वोच्चमा रिट


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा परमादेश माग गर्दै रिट दर्ताका लागि पेस भएको छ ।

न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको, बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत प्रभावित भएकाले मुद्दा हेर्ने गरी परमादेश जारी गर्न माग गरिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले शुक्रवार पेस गरेको रिटमा प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको छ ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास दिन पर्ने भन्दै गत सोमबारदेखि सुनुवाइ गरेका छैनन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : २३ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन