वेब सिरिजमा काम नगर्ने नवाजुद्दीनको घोषणा « Khabarhub

वेब सिरिजमा काम नगर्ने नवाजुद्दीनको घोषणा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्मका अलावा डिजिटल प्लेटफर्मबाट पनि आफ्नो अभिनय कला देखाएका अभिनेता नवाजुद्दीन सिद्दीकीले डिजिटल प्लेटफर्म छोड्ने घोषणा गरेका छन् । अर्थात् नवाजुद्दीन भविष्यमा वेब सिरिजमा देखिने छैनन् । डिजिटल प्लेटफर्मले दिनानुदिन आफूलाई मजबुत बनाइरहँदा नवाजुद्दीन भने यो विकासबाट खुशी छैनन् ।

‘निरर्थक शोका लागि वास्तवमा अब ओटीटी प्लेटफर्म एक डम्पिङ ग्राउण्ड बनेको छ । यो प्लेटफर्ममा यस्ता यस्ता शो आइरहेका छन्, जो पहिलो पटक नै हेर्न लायक थिएनन् वा फेरी पनि तिनीहरुको सिक्वेल आइरहेका छन्, हुन हेर्न लायक केही छैनन्’, उनले भनेका छन् ।

उनले आफूले नेटफ्लिक्सका लागि ‘सेक्रेड गेम्स’मा काम गर्दा डिजिटल प्लेटफर्मममा धेरै कुरा रहेको दाबी गरेका छन् । ‘नयाँ प्रतिभालाई मौका दिइरहेको थियो । तर अब त्यो ताजापन हराएको छ । यो अब ठूलो प्रोडक्सन हाउस र कलाकारका लागि धन्दा बनेको छ । जो अब ओटीटी प्लेटफर्ममा तथाकथित स्टार बनेका छन्’, उनले भनेका छन् ।

नवाजको बुझाईमा ओटीटी असहनीय छ । उनले आफूले ओटीटीलाई हेर्न नसकिरहँदा त्यस्तो प्लेटफर्ममा कसरी काम गर्नसक्छु भनेर प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै