नेपाल बङ्गलादेश बैंकले दियो टेकु अस्पताललाई ९० भायल रेम्डिसिभिर « Khabarhub

नेपाल बङ्गलादेश बैंकले दियो टेकु अस्पताललाई ९० भायल रेम्डिसिभिर


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई प्रदान गरेको छ ।
उक्त औषधि नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे ।
बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमको बेला उक्त अस्पतालले गरेको कामको सराहनाका साथ औषधि हस्तान्तरणका लागि चयन गरेको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आईएफआईसी बैंकसँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा र २०७७/७८ मा पाँच–पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।
उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।
नेपाल बङ्गलादेश बैंकले हाल एक सय शाखा, १० एक्सटेन्सन काउन्टर र ८१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ‘सबैका लागि बैंक’ आफ्नो मूल मन्त्र बनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ११ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय