नेपाल बङ्गलादेश बैंकले दियो टेकु अस्पताललाई ९० भायल रेम्डिसिभिर « Khabarhub

नेपाल बङ्गलादेश बैंकले दियो टेकु अस्पताललाई ९० भायल रेम्डिसिभिर


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई प्रदान गरेको छ ।
उक्त औषधि नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे ।
बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमको बेला उक्त अस्पतालले गरेको कामको सराहनाका साथ औषधि हस्तान्तरणका लागि चयन गरेको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आईएफआईसी बैंकसँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा र २०७७/७८ मा पाँच–पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।
उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।
नेपाल बङ्गलादेश बैंकले हाल एक सय शाखा, १० एक्सटेन्सन काउन्टर र ८१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ‘सबैका लागि बैंक’ आफ्नो मूल मन्त्र बनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ११ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल