ग्लोबल आइएमई बैंकले दियो महानगरीय प्रहरी ललितपुरलाई १० थान एलइडी टिभी « Khabarhub

ग्लोबल आइएमई बैंकले दियो महानगरीय प्रहरी ललितपुरलाई १० थान एलइडी टिभी


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रूमका लागि १० थाने एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । ती सेट ४३ इन्चका छन् ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती सेट प्रदान गरिएको बैंकले शुक्रबार जारी गरेको जनाइएको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेटहरू हस्तान्तरण गरे ।
कार्यक्रममा बज्राचार्यले ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रूमका लागि टेलिभिजन सेटहर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरूले सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि बताए ।
महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ५३ बजे

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका

दलका वाचापत्रमा कस्तो प्रतिबद्धता चाहन्छन् लगानीकर्ता ?

नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर

पुलाचौरमा पक्की सडक निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका– ५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको

महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

काभ्रेपलाञ्चोक– जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा