ग्लोबल आइएमई बैंकले दियो महानगरीय प्रहरी ललितपुरलाई १० थान एलइडी टिभी « Khabarhub

ग्लोबल आइएमई बैंकले दियो महानगरीय प्रहरी ललितपुरलाई १० थान एलइडी टिभी


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रूमका लागि १० थाने एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । ती सेट ४३ इन्चका छन् ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती सेट प्रदान गरिएको बैंकले शुक्रबार जारी गरेको जनाइएको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेटहरू हस्तान्तरण गरे ।
कार्यक्रममा बज्राचार्यले ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रूमका लागि टेलिभिजन सेटहर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरूले सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि बताए ।
महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ५३ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल