एमाले बैठकमा ओली–रावल भनाभन « Khabarhub

एमाले बैठकमा ओली–रावल भनाभन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

अध्यक्ष ओलीले शुक्रबार रुष्ट रहेका प्रभु साहलाई मनाउन उनी निकट दुईजनालाई केन्द्रीय सदस्य बनाएपछि उपाध्यक्ष रावलले त्यसको विरोध गरेका थिए । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेसमेत बताएका थिए ।

रावलले १० बुँदेको विषय निकालेपछि अध्यक्ष ओलीले १० बुँदेको औचित्य समाप्त भइसकेको बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार त्यसपछि रावलले भएको सहमति कार्यान्वयन हुनुपर्ने बताएपछि केही समय दुई नेताहरुबीच भनाभनको स्थिति उत्पन्न भएको थियो ।

अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट नसकेर राजीनामा दिएकाले अब कार्यदल पनि नरहेको र १० बुँदेको औचित्य पनि समाप्त भएको बताएका थिए । रावलले भने आफूले नसकेरभन्दा पनि कार्यान्वयन नभएकाले आफूले राजीनामा दिएको जिकिर गरेका थिए ।

दुई नेताबीच लामो भनाभन चलेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतले वातावरण शान्त बनाएको एक सदस्यले जानकारी दिए । अन्य केन्द्रीय सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीबाटै समाधान गर्नुपर्ने बताएका थिए ।

यस्तै ओलीले बैठकमा उपमहासचिब घनश्याम भुसाललाई पनि जवाफ दिएका छन् । भुसालले अध्यक्ष ओलीलाई चिठि लेखेका थिए । अध्यक्ष ओलीले चिठि लेख्न आवश्यक नभएको र सो चिठिको जवाफ दिन आवश्यक पनि नभएको बताएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०७ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत