हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन « Khabarhub

हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन ।

गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो ।

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज कार्कीले जानकारी दिए । डेनमार्कका नागरिक थोर्वजन शव ६ हजार दुई सय मिटरको उचाइको शेर्पानिकोलमा हिउँले पुरिएका कारण शव निकाल्न समस्या भएको कार्कीले बताए ।

शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ । बिहीबार हेलिकप्टरमार्फत घटनास्थल पुगे पनि प्रयास असफल भएको कार्कीले बताए ।

हिउँमा फसेका अन्य नौ जनाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ३४ बजे

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर– डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका

दलका वाचापत्रमा कस्तो प्रतिबद्धता चाहन्छन् लगानीकर्ता ?

नेपालको पुँजीबजार आजको दिनमा देशको भूगोलमा मात्रै सीमित नरहेर विश्वभर

पुलाचौरमा पक्की सडक निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका– ५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको

महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

काभ्रेपलाञ्चोक– जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा