नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न « Khabarhub

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ ।

बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए। प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह मन्त्रालयका साथै नेपाली सेना र भारतीय सेना तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो ।

यसैबीच, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ तुल्याउन उपयोगी रहेको तथा द्विपक्षीय सुरक्षा चसोका विषयलाई सम्बोधन गर्न फलदायी भएको जनाएको छ । दुई पक्षीय सुरक्षा चासोका विषयमा सहसचिवस्तरमा छलफल गर्न १८ वर्षअघि गठन भएको नेपाल–भारत परामर्श समूहको कोभिड–१९ को महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेको थिएन । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ४४ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई