प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा « Khabarhub

प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन हुनुपर्नेमा प्रधानन्यायाधीश राणाले त्यसको मर्म नबुझेको टिप्पणी गरेका छन् ।

अहिले न्यायापालिकामाथि गम्भीर संकट आएको र त्यसको जिम्मेवार राणा रहेको भन्दै राणाले तत्काल निकास दिनुपर्ने बताएका छन् ।

पूर्वअध्यक्षहरु प्राडा कमलकृष्ण जोशी, प्रा केशवानन्द गिरी, प्रा भूपति ढकाल कमल, प्रा कपिल श्रेष्ठ, प्रा भीमसेनदास प्रधान, प्रा रामेश्वर उपाध्याय, प्राडा विनोदकुमार श्रेष्ठ, प्रा खगेन्द्र भट्टराई र प्रा गुणनिधी न्यौपानेले शुक्रबार सँयुक्त विज्ञप्ति जारी गरेका छन्।

उनीहरुले भनेका छन्, ‘‘स्वतन्त्र न्यायपालिकाको जनआस्था र प्रतिष्ठा बचाईराख्न हाल नेतृत्वमा रहनुभएका व्यक्तिले नै निकास दिनुपर्दछ, यस विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनियता, निश्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो’ विज्ञप्तिमा भनिएको छ।’

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ११ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको