सवालजवाफी र आत्मविश्वास « Khabarhub

सवालजवाफी र आत्मविश्वास


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्ल्याण्डमा नौसेनाका अधिकारीहरूको छनौटको लागि साक्षात्कार चलिरहेको थियो । लर्ड माउन्टबेटन पनि यसमध्ये एक उम्मेदवार थिए । उनीसँग साक्षात्कारमा सोधियो, समुद्रमा भीषण आँधी आयो भने तिमी के गर्छौ ?

माउण्टबेटनले सिधा जवाफ दिए, लङ्गर लगाएर जहाज स्थिर गर्नेछु ।

अर्को प्रश्न थियो, यदि अर्को एउटा भीषण आँधीले जहाजलाई घेर्‍यो भने तिमी के गर्छौ ?

माउण्टबेटनको जवाफ थियो, अर्को एउटा लङ्गर लगाउँछु ।

यही प्रश्न र जवाफ दोहोरिँदै गयो । आखिरमा साक्षात्कार लिने अधिकारीले मुस्कुराएर सोधे, ए युवक धेरै लङ्गर तिमी कहाँबाट ल्याउँछौ ?

माउन्टबेटनले कुनै अप्ठ्यारो नमानी जवाफ दिए, त्यहीँबाट श्रीमान्, जहाँबाट तपाईंले यति धेरै आँधी ल्याइरहनु भएको छ ।

प्रश्नकर्ता निरुत्तर थियो । तर सवालजवाफी र आत्मविश्वासको कारण माउण्टबेनलाई रोजियो । यिनै माउण्टबेटन पछि गएर भारतका गभर्नर जनरल बने ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ५१ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका