सवालजवाफी र आत्मविश्वास « Khabarhub

सवालजवाफी र आत्मविश्वास


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्ल्याण्डमा नौसेनाका अधिकारीहरूको छनौटको लागि साक्षात्कार चलिरहेको थियो । लर्ड माउन्टबेटन पनि यसमध्ये एक उम्मेदवार थिए । उनीसँग साक्षात्कारमा सोधियो, समुद्रमा भीषण आँधी आयो भने तिमी के गर्छौ ?

माउण्टबेटनले सिधा जवाफ दिए, लङ्गर लगाएर जहाज स्थिर गर्नेछु ।

अर्को प्रश्न थियो, यदि अर्को एउटा भीषण आँधीले जहाजलाई घेर्‍यो भने तिमी के गर्छौ ?

माउण्टबेटनको जवाफ थियो, अर्को एउटा लङ्गर लगाउँछु ।

यही प्रश्न र जवाफ दोहोरिँदै गयो । आखिरमा साक्षात्कार लिने अधिकारीले मुस्कुराएर सोधे, ए युवक धेरै लङ्गर तिमी कहाँबाट ल्याउँछौ ?

माउन्टबेटनले कुनै अप्ठ्यारो नमानी जवाफ दिए, त्यहीँबाट श्रीमान्, जहाँबाट तपाईंले यति धेरै आँधी ल्याइरहनु भएको छ ।

प्रश्नकर्ता निरुत्तर थियो । तर सवालजवाफी र आत्मविश्वासको कारण माउण्टबेनलाई रोजियो । यिनै माउण्टबेटन पछि गएर भारतका गभर्नर जनरल बने ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ५१ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा