तपाई जित हासिल गर्न चाहनुहुन्छ भने राम्रो बोल्नुस् « Khabarhub

तपाई जित हासिल गर्न चाहनुहुन्छ भने राम्रो बोल्नुस्


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो तरिकाले बोल्नुको अर्थ के हो ? मेरो मनसाय तपाईँले बिबिसीको ज्यूजरीडर जस्तो आवाजमा बोल्नुहोस् तथा हाउसको ठाउँमा हाइस भन्नुस् वा कैश को ठाउँमा कोश भन्नुस् भन्ने होइन । तपाईँ आफ्नो स्थानी शैलीलाई कायम राख्न सक्नुहुन्छ, यसमा कुनै दिक्दारी छैन । बस के कुरामा ध्यान दिनुस् भने तपाईँ कस्तो प्रकारले बोल्नुहुन्छ । यो सम्प्रेषण अर्थात् जानकारी दिनसित सम्बन्धित छ । हामी कसरी बोल्छौँ भन्ने कुरासित यो सम्बन्धित छैन । राम्रो तरिकाले बोल्नुको अर्थ स्पष्ट तथा प्रभावकारी रूपमा जानकारी पुग्नु । तपाईँ स्पष्ट रूपले बोल्नुस् ।

तपाईँ यी कुराबाट बच्नुपर्छ :

– बुबु दाउनु-स्मरण रहोस्, यस्तो स्थितिमा दोस्रोले तपाईको कुरा सुन्न र बुझ्न सक्दैन ।

– ज्यादै बिस्तारो बोल्नु-पुनः दोस्रोले तपाईँको कुरा सुन्न सक्दैन ।

– विशिष्ट शब्दावलीको प्रयोग गर्नुभयो भने तपाईँको विभाग या विशेषज्ञताको क्षेत्र भन्दा बाहिरको मानिसले बुझ्न सक्दैन ।

– खराब तरीकाले बोल्नु ।

राम्रोसित बोल्नको लागि तपाईँले चार प्रमुख कुरा याद राख्नुपर्छ ।

– आकर्षक

– स्पष्ट

– सुखद

– सरल

तपाईँले बस यति जान्न आवश्यक छ । यदि तपाईँ यी चार कुरालाई ध्यान राख्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्न । मानिसले तपाईँको कुरालाई याद राख्नेछन् । साथै ती तपाईँको स्पष्ट, आकर्षक आवाजले प्रभावित हुनेछन् । राम्रो तरिकाले बोल्नाले ज्यादै राम्रो असर पर्दछ । यदि तपाईँले काँध झुकाएर बुदबुदाउनुहुन्छ भने मानिसले तपाईंमा आत्मविश्वासको कमी छ तथा तपाईँ दामदार हुनुहुन्न भन्ने ठान्नेछन् । यसकारण तिनले तपाईंलाई चाँडै नै भुलिदिन्छन् । यदि तपाईँ विश्वापूर्वक अघि बढ्नुहुन्छ, आफ्नो नाम स्पष्ट र आत्मविश्वाससहित बोल्नुहुन्छ भने तपाईँ कहाँ गइरहनुभएको छ भन्ने थाहा पाउनेछन् । तिनले तपाईंलाई याद राख्नेछन् । तपाईँ जे बोल्न चाहनुहुन्छ, सरल बोल्नुहोस् सीधा बोल्नुहोस् । त्यसभन्दा बढी केही पन नबोल्नुहोस् ।

साभार  : ‘तपाईँको जित पुस्तकबाट

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : २२ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा