अध्यक्षका लागि रावल ओलीसँग भिड्ने, भुसाल उपाध्यक्षमा लड्ने « Khabarhub

अध्यक्षका लागि रावल ओलीसँग भिड्ने, भुसाल उपाध्यक्षमा लड्ने


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन् ।

एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।

एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौन ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १० : ५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ ।

बिहान ११ : ५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ : ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ०० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम