आमाको कुटपिटबाट छोराको मृत्यु « Khabarhub

आमाको कुटपिटबाट छोराको मृत्यु


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ ।

आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । कुटपिटबाट घाइते राजेन्द्रलाई परिवारजनले शनिबार राती नै कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगेका थिए ।

घटनाको बारेमा ढिलो गरी जानकारी पाएका प्रहरीले आइतबार पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए । आमा बातियोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : १५ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न