कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो « Khabarhub

कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो



झापा- नेपाली कांग्रेसको जिल्ला अधिवेशनका क्रममा झापामा दुई  प्रभावशाली नेताको समर्थनमा दुई प्यानलबीच भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षधरको विजयी भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता सिटौला पक्ष खुलेरै दुई प्यानलमा चुनावी प्रतिष्पर्धामा थियो ।

दुई प्यानल विचको प्रतिष्पर्धाबाट सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलाई नेता सिटौलाको समर्थन थियो । उनले आफना प्रतिद्धन्दी रामबहादुर कट्टेललाई २५० को मतान्तरले पराजित गरि जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यस्तै पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मतपरिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई (१६७४), केशवराज पाण्डे (१८८९) मत प्राप्त गरी  निर्वाचित भए । त्यस्तै, सचिवमा नवीन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताए ।

उनका अनुसार उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेदवार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बूले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको बताइएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेदवार बनाइएको थियो ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

काठमाडौँ– देशको विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन् ।

सर्लाहीमा मलंगवाबाट मिटरब्याजीविरुद्ध सबैभन्दा धेरै उजुरी

सर्लाही– सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि… 

काठमाडौँ– काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ 

काठमाडौं– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

वेलिङ्टन – फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो