एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित) « Khabarhub

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ ।

जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुन्, जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : २५ बजे

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता

मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला