मलाइका र अर्जुनबीच खटपट « Khabarhub

मलाइका र अर्जुनबीच खटपट


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर यो जोडीलाई मनपराउने उनीहरुको फ्यानका लागि एउटा दुःखको खबर छ । हालैमात्र यो जोडीबीच ठूलो झगडा भएको छ । जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् ।

हालैका दिनमा महाराष्ट्रमा फिलम हल खुलेपछि फिल्मको काम तिब्र रुपले अघि बढिरहेको छ । कैयौं महिनादेखि धिमा चलिरहेको फिल्मको कामले अहिले तिब्रता पाएको छ । अर्जुन कपूरले हालैमात्र मोहित सुरीको फिल्म ‘एक भिलेन रिटर्न्स’को सुटिङ पुरा गरेका थिए ।

यो फिल्मको काम सकिएपनि अर्जुनलाई फुसर्द मिलेको छैन । उनी कैयौं प्रोजेक्टको सुटिङमा व्यस्त छन् । जसकारण उनी क्रिसमस र नयाँवर्षमा पनि व्यस्त नै हुनेछन् । यस्तो अवस्थामा उनले मलाइकासँग नयाँवर्षको खुशी साट्न पाउनेछैनन् ।

गत दिवाली अर्जुन र मलाइकाले सँगै मनाएका थिए । उनीहरुले तिहारलाई पनि त्यसरी नै मनाएका थिए । मलाइका क्रिसमस र नयाँ वर्षको खुशियाली अर्जुनका साथ मनाउन चाहन्छिन् । तर व्यस्त समय तालिकाले अर्जुनले मलाइकालाई समय दिन नपाउने भएका छन् ।

अर्जुनले समय दिन नपाउने निर्णय लिएपछि मलाइका अर्जुनसँग रिसाएकी छन् । अभिनेता सलमान खानका भाई अरबाज खानसँग १९ वर्षको वैवाहिक सम्बन्धलाई तोडेपछि मलाइकाले सन् २०१७ देखि अर्जुनसँग डेट गरिरहेकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ०८ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन